Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

चार वामपन्थी दलले १२२ औं माओ जयन्ती संयुक्त रूपमा मनाउने

रूद्र श्रीसमगर / एचकेनेपाल डट कम –
पोखरा, ५ पुस। चिनियाँ जनवादी क्रान्तिका नेता माओ त्सेतुङको १२२ औं जन्मजयन्ती कास्कीमा क्रियाशील चार वामपन्थी दलले संयुक्त रूपमा मनाउने भएका छन्।

माओलाई आफ्नो आदर्शका रूपमा मान्ने कास्कीमा क्रियाशील चार कम्युनिष्ट पार्टीले संयुक्त बैठक सम्पन्न गरी माओ जयन्ती संयुक्त रूपमा मनाउने निर्णय गरेका हुन्।

नेकपा–माओवादी, नेकपा (एकीकृत), नेकपा (माले) र क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल कास्कीले संयुक्त रूपमा १२२ औं माओ जयन्ती संयुक्त विचार गोष्ठीको आयोजना गरी मनाउने निर्णय गरेको नेकपा (एकीकृत) कास्कीका सचिव भीमबहादुर श्रीसले जानकारी दिए।

नेकपा (एकीकृत)का जिल्ला सचिव श्रीसको अध्यक्षतामा बसेको संयुक्त बैठकमा कार्यक्रमको तयारीका बारेमा नेकपा–माओवादीका वैकल्पिक केन्द्रीय सदस्य एवं कास्की जिल्ला संयोजक हरिबहादुर चुमान ‘अजित’, कास्की क्षेत्र नं. २ का संयोजक अर्जुन छन्त्याल, जिल्ला सम्मेलन आयोजक समिति सदस्य रोहाङ, नेकपा (एकीकृत)का केन्द्रीय सदस्य रामजी थापा, जिल्ला सचिवालय सदस्य इन्द्रबहादुर गुरुङ, जिल्ला सदस्य उर्मिला श्रीस, नेकपा (माले)का केन्द्रीय सदस्य एवं कास्की जिल्ला सचिव होमनाथ गिरीले आ–आफ्नो धारणा राखेका थिए।





Comments

comments

3376