Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

प्रधानमन्त्री कोइरालालाई आतंकवादीको धम्की

विवादित धार्मिक संस्था कल्की अवतार फाउन्डेसनका प्रमुख युनुस अलगोहरले प्रहरी हिरासतमा रहेका आफ्ना सदस्य युएनएचसिआर प्रतिनिधिलाई बुझाउन नेपालका प्रधानमन्त्रीलाई ४८ घन्टे अल्टिमेटम दिएका छन्।

आतंकवादी गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरी हिरासतमा रहेका ५ सदस्यलाई युएनएचसिआरका नेपालस्थित अधिकारीलाई सम्पर्क गराउन उनले चेतावनी दिएका हुन्।

युट्युबमा बिहीबार राखिएको भिडियोमा उनले नेपालका प्रधानमन्त्रीलाई सम्बोधन गर्दै ‘उनीहरूलाई प्रहरीले गलत व्यवहार गरेको’ आरोपसमेत लगाएका छन्। आफ्नो संस्थाका सदस्यलाई आतंकवादीको आरोपमा नेपाल प्रहरीले हिरासतमा राखेर गलत व्यवहार गरेको भन्दै उनले भनेका छन्, ‘मेरा मान्छेलाई क्षति गर्ने क्षमता यो पृथ्वीमा कसैसँग छैन।’

आतंकवादी योजना बनाएको आरोपमा प्रहरीले मंसिर २० गते फाउन्डेसनमा आबद्ध ५ जना पाकिस्तानी नागरिकलाई पक्राउ गरी हिरासतमा राखेको छ।
पाकिस्तानमा स्थापना भएको कल्की फाउन्डेसनका संस्थापक गोहर शाही पाकिस्तानी अदालतले मृत्युदण्डको सजाय सुनाएपछि भूमिगत छन्। पाकिस्तानमा संस्थाका सदस्यमाथि बस अपहरण लगायतका आरोप लागेपछि युनुस अलगोहरले बेलायतबाट संस्था चलाउँदै आएका छन्।

कल्की अवतार फाउन्डेसनका नाममा आतंकवादी योजना बनाएको र उनीहरूको सम्पर्क अलकायदासँग समेत रहेको सूचनाका आधारमा प्रहरीको विशेष ब्युरो र महानगरीय प्रहरी अपराध महाशाखाले मंसिर २० मा कपुरधारास्थित फाउन्डेसनको कार्यालयमा छापा मारेर पाकिस्तानी, भारतीय र नेपाली गरी २० जनालाई पक्राउ गरेको थियो। नेपाली र भारतीय नागरिक रिहा भए पनि ५ पाकिस्तानी नागरिक भने अनुसन्धानका लागि प्रहरी हिरासतमै रहेको समाचार नागरिक दैनिकमा छापिएको छ।





Comments

comments

3368