सप्तकोसीमा जेटबोट बन्द हुँदा दैनिक ५ सय यात्रु प्रभावित

फाइल फोटो

सुरक्षाको कारण देखाउँदै सप्तकोसी नदीमा सञ्चालित मिनी पानीजहाज (जेटबोट) बन्द भएपछि यात्रुहरु मारमा परेका छन्।

दिनभरी हिँड्नुपर्ने पैदल तथा बसमा घण्टौं यात्रा गर्नुपर्ने अवस्थालाई जेटबोटले १५–२० मिनेटमा झारेको थियो। जेटबोट बन्द भएपछि विशेष गरी भोजपुर, धनकुटा र खोटाङका यात्रु सास्ती भोग्न बाध्य छन्।

जेटबोट बन्द हुँदा पूर्वी पहाडी जिल्लाबासीलाई समस्या भएको भोजपुर जरायोटारका सन्दीप राईले गुनासो पोखे।

छोटो समयको यात्रामै ओहोरदोहोर गर्न सकिने भएकाले स्थानीयलाई निकै सहज हुने गरेको थियो। यो समाचार कारोबार दैनिकमा मीनकुमार नवोदितले लेखेका छन्।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

33952