Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अग्रगामी विद्यार्थी यूनियनको लागि युकेबाट १ लाख ९ हजार सहयोग

खेवाहाँङ / एचकेनेपाल डट कम –
आसफोर्ड। अग्रगामी विद्यार्थी यूनियनको प्रथम राष्ट्रिय सम्मेलन पोखरामा चलिरहेको बखत नेपाली संघीय समाज युकेले रु १ लाख ९ हजार प्रदान गरेको छ।

विद्यार्थी नेता फरिन्द्र थापामगर र नेपाली संघीय समाज युकेका उपाध्यक्ष देव गुरुङ बीचको सम्पर्कबाट अघि बढेको शुभकामना भेटि संकलन अभियानलाई बरिष्ठ उपाध्यक्ष जंग सुनुवारलगायत सम्पूर्ण सदस्यहरुको सक्रियतामा आर्थिक संकलन गरिएको थियो। आर्थिक सहयोग गर्नुहुने सबैलाई अध्यक्ष धर्मबहादुर तामाङले धन्यवाद ज्ञापन गर्नुभएको छ।

उक्त रकम पार्टी कार्यालय काठमाडौमा नेपाली संघीय समाज युकेका उपाध्यक्ष तथा सेवारत मेजर योगेश राईले विद्यार्थी युनियनका अध्यक्ष विवेक राईलाई एक समारोश वीच हस्तान्तरण गर्नुभएको हो।

अग्रगामी विद्यार्थी यूनियनको प्रथम राष्ट्रिय सम्मेलन पोखरामा गत पुष १ २ र ३ गते चलेको थियो। भब्यतापूर्वक सम्पन्न सो सम्मेलनले थप उर्जा थपेको छ।





Comments

comments

3418