Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पाकिस्तानले एक साताभित्र पाँच सय जनालाई मृत्युदण्ड दिने

इस्लामावाद (एजेन्सी)। पाकिस्तानले आगामी साता करिब पाँच सय दोषी आतंकवादीलाई मृत्युदण्ड दिने तयारी गरेको छ। तालिवानले सैनिक विद्यालयमा आत्महत्या गरेपछि सरकारले यसअघि दिइएका मृत्युदण्डका निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको हो।

तालिवानले पेसावारमा गरेको आत्मघाती आक्रमणमा १ सय ४९ स्कुले बालबालिकाको मृत्यु भएको थियो भने १ सय ३३ जना बालबालिका घाइते भएका थिए। तालिवानको यो आक्रमणपछि जनताबीच आक्रोस बढेको छ। ६ जना लडाकुलाई झुन्ड्याएर मृत्युदण्ड दिइएको छ। यो क्रम गत शुक्रबारदेखि सुरु भएको समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ।

झुन्ड्याएर मृत्युदण्ड दिइएका ६ मध्ये पाँचजना पूर्वसैनिक शासक परबेज मुसर्रफलाई सन् २००३ मा हत्या गर्ने असफल प्रयासमा संलग्न भएको बताइएको छ। अर्का व्यक्ति सन् २००९ मा सैनिक मुख्यालयमा भएको आक्रमणमा संलग्न रहेका थिए।





Comments

comments

3421