वैद्य र विप्लव समूहको कार्यक्रम एकैदिन

काठमाडौं, ९ पुस। सम्बन्धविच्छेद गरेका मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले एकैदिन काठमाडौंमा राष्ट्रियस्तरका कार्यक्रम आयोजना गरेका छन्।

माओत्सेतुङको १२१ औं जन्मजयन्तीको सन्दर्भ पारेर दुवै माओवादीले ११ पुसमा कार्यक्रम राखेका हुन्।

नेकपा–माओवादीले केन्द्रीय समितिको पाँचांैं विस्तारित बैठकको निर्णयअनुसार १० र ११ पुसमा पार्टीको राष्ट्रिय भेला आयोजना गरिने भएको छ। वैद्य माओवादीसँग सम्बन्धविच्छेद गरेपछि चितवनमा भएको नेकपा माओवादीको केन्द्रीय समिति बैठकले ११ पुसमा खुलामञ्चमा जनसभा गर्ने निर्णय गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ।

करीब एक महिनाअघि वैद्य माओवादीसँग सम्बन्धविच्छेद गरेपछि विप्लव माओवादीले आयोजना गरेको यो पहिलो सार्वजनिक कार्यक्रम हो। नेकपा–माओवादीका पोलिटब्युरो सदस्य नारायण शर्माले पार्टीमा वैचारिक, राजनीतिक तथा सांगठनिक रुपमा देखा परेका गम्भीर प्रकृतिका समस्या र तिनको समाधानका लागि जनवादको अभ्यासका बीचबाट सही निर्णयमा पुग्न राष्ट्रिय भेला आह्वान गरिएको बताए।





Comments

comments

3431
%d bloggers like this: