नागढुङ्गा–नौबिसे सुरुङ मार्ग: स्थानीयवासीसँग सहमति भएपछि निर्माण कार्य सुचारु

फाइल फोटो

बहुप्रतिक्षित नागढुङ्गा–नौबिसे सुरुङ मार्गको निर्माण कार्य सुचारु भएको छ। सुरुङ मार्गको धादिङतर्फको जग्गा विवादको सम्बन्धमा स्थानीयवासीसँग सहमति भएपछि निर्माण कार्य सुचारु भएको हो।

मुआब्जा विवादका कारण विगत चार महिनादेखि सुरुङ मार्गको धादिङतर्फको निर्माण कार्य अवरुद्ध रहेको थियो।

धादिङका प्रतिनिधि सभा सदस्य भूमि त्रिपाठी, सडक विभाग वैदेशिक सहयोग कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ थापा, नागढुङ्गा सुरुङमार्ग आयोजना प्रमुख श्यामप्रसाद खरेल र स्थानीय सरोकारवालाबीच सहमति भएपछि निर्माण कार्य सुचारु भएको हो।

आयोजना प्रमुख खरेलले सुरुङ मार्गको धादिङतर्फको प्रवेशद्वार सिस्ने भन्ने ठाउँमा रहेको जग्गा विवादबारे स्थानीयवासीसँग सहमतिपछि निर्माण कार्य सुचारु भएको जानकारी दिए । सरकारले निर्माण क्षेत्रमा पर्ने जग्गा श्री ५ को वायुगुठी अन्तर्गत रहेको हुनाले यस क्षेत्रका बासिन्दाले व्यक्तिगत अथवा रैकर जग्गाको तुलनामा कम मुआब्जा पाउने बताउँदै आएका छन् । जग्गा भोगचलन गरिरहेका कतिपयको लालपुर्जा पनि नरहेको बताइएको छ।

सरकारले यस्ता जग्गाको मुआब्जा दिँदैन । स्थानीयवासीले भने फिल्डबुकका आधारमा अन्य जग्गा सरह नै आफूले मुआब्जा पाउनुपर्ने माग गर्दै आएका छन्। यो समाचार गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन्।





Comments

comments

34313