Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

अनुवंशिक आधारमा नागरिकता दिने व्यवस्था गर: एनआरएन

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, पुस १३ । गैरआवासीय नेपालीहरुले संविधानमा अनुवंशिक आधारमा नागरिकता दिने व्यवस्था उल्लेख गर्न माग गरेका छन्।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्ले आइबार विज्ञप्ति प्रकाशन गरेर नेपाली बाबु वा आमाको अनुवंशिक नागरिकताको आधारमा उनीहरुको बच्चालाई नागरिकता दिने व्यवस्था गर्न अनुरोध गरेको छ।

‘अनुवंशिक आधारमा नागरिकता जारी गर्दा राष्ट्रको आर्थिक विकास, राजनीतिक स्थायित्वका साथै लोकतान्त्रिक निरन्तरलाई योगदान पुग्ने छ’ संघले जारी गरिएको विज्ञप्तिमा भनिएको छ।

अन्तरिम संविधान २०६३ तथा नेपाल नागरिकता ऐन, २०६३ मा रहेका नागरिकता सम्बन्धी प्रावधान लैङ्गीक मैत्री नभएकाले भन्दै संघले आगामी बन्ने संविधानमा लैङ्गीक मैत्री बनाउन सभामुख र सभासदको ध्यानाकर्षण गराएका छन्। ‘नेपालले अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी सम्झौता पत्रमा सहमति जनाई हस्ताक्षर गरिसकेको अवस्थामा नेपालको नागरिकता ऐन २०६३ यसको भावना र मर्म अनुरुप नभएको संघको धारणा छ’ विज्ञप्तिमा भनिएको छ।

विद्यमान नागरिकता ऐन २०६३ मा निर्धारित प्रावधानका कारण अहिलेसम्म नागरिकता नपाएका अधिकांश नेपाली महिलाहरुबाट जन्मेका सन्तान राज्यविहिन हुने अवस्था सृजना भएको गैरआवासीय संघले बताएको छ। ‘नेपालको अब बन्ने संविधानले लैंगिक समानताको सम्बोधन गर्न नेपाल भित्र वा नेपाल बाहिर, नेपाली आमा वा नेपाली बाबुबाट जन्मेका प्रत्येक बच्चाले नेपाली राष्ट्रियता उपभोग गरी राज्यविहीनताको स्थिति सामना गर्नु नपर्नेे व्यवस्था कार्यान्वयन गर्नुपर्छ’ गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता मन केसीले भने।





Comments

comments

3488