Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सहारा यु.के.को अध्यक्षमा दिलिप

दिननाथ बराल / एचकेनेपाल डट कम –
पोखरा, १३ पुष। दिलिप गुरुङको अध्यक्षतामा सहारा युकेको नयाँ कार्यसमिति चयन भएको छ। हालै सहारा युकेमा सम्पन्न भएको बार्षिक साधारण सभाले गुरुङको अध्यक्षतामा २१ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो।

उपाध्यक्षमा मिन बहादुर गुरुङ, महासचिवमा कुमार गुरुङ, सचिवमा कृष्ण गुरुङ, कोषाध्यक्षमा नारायण गुरुङ, सह–कोषाध्यक्षमा शारद गुरुङ रहेका छन भने सदस्यहरुमा मनोज गुरुङ, ओम गुरुङ, भानु गुरुङ, धु्रब गौतम, विद्य गुरुङ, पुरन थापा, मोहन गुरुङ, ईश्वर गुरुङ, गणेश थापा, धन थकाली, कुमार गुरुङ, मोती गुरुङ, मोहन गुरुङ, कुमार थापा र औम गुरुङ रहेका छन्।

सहारा युकेका बरिष्ठ सल्लहाकार महेश गुरुङको अध्यक्षतामा लोक गुरुङ र मेग बहादुर गुरुङ सहितको तीन सदस्य निर्वाचन समिति गठन भएको थियो। यस अघि नबिन गुरुङको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा उपाध्यक्ष दिलिप गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ, महासचिव मिन बहादुर गुरुङ, सहारा एफ.सी.का अध्यक्ष हरि कुमार श्रेष्ठ, सहारा एफसीका खेलाडी संयोजक संजिव भान्जा लगायतले बोलेका थिए।





Comments

comments

3490