Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

पोखरामा तमूहरुको मौलिक साँस्कृतिक अभियान (स्योराँ) शुरु

भुपाल तमु / एचकेनेपाल डट कम –
पोखरा १३ पौष। तमुहरुको महान पर्व तमु ल्होसारको अवसारमा नेपाल तमु विद्यार्धी छोँज धीं कास्कीले कास्की जिल्लामा मौलिक साँस्कृतिक अभियान (स्योराँ) शूरु गरेको छ।

मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कास्कीमा लामो समय पश्चात संस्थाले ल्हुँ ल्होसारको अवसर पारेर स्योराँ संचालन गरेको हो। मौलिक साँस्कृतिक अभियान (स्योराँ) को आइतबार तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय संरक्षक परिषदका महासचिव खड्का बहादुर तमुले उद्घाटन गर्नुभएको थियो।

मन्तव्य मार्फत उद्घाटन गर्नुभएको कार्यक्रमको शुरुवात पनि संरक्षक परिषदका महासचिव तमु कै घरबाट शुरु गरिएको हो। तीन दिने कार्यक्रमको उद्घाटन गर्दै महासविच तमुले तमुहरुको महान पर्वलाई यस कार्यक्रमले मौलिकता दिने कार्य गरेको दावी गर्नुभयो। उहाँले मातृसंस्थाबाटै ल्होसारमा स्योराँ खेल्ने प्रचलनको थलानी गर्नुपर्ने आवश्यकता रहेको भन्दै विद्यार्थीले सह्रानिय कार्य गरेको बताउनुभयो।

हिन्दूधर्मलम्वीहरुले तिहारमा भैलो खेले जस्तै तमुहरुले ल्होसारमा स्योराँ खेल्नुपर्ने उहाँको भनाई थियो। यसैगरि संस्थाले पोखराका तमु उद्योगपति, व्यवसायी, समाजसेवीहरु समक्ष घरदैलो गर्ने क्रममा आइतबार बैदाम नेटवर्क प्राली र पोखरा टेलिभिजनमा पनि स्योराँ खेलेको छ।

स्योँरा कार्यक्रममा बोल्दै बैदम केवलका अध्यक्ष मनोज तमुले तमु जातिको संस्कृति संरक्षणमा नयाँ आयम थपेको दावी गर्नुभयो। उहाँले सम्पूर्णमा ल्होसारको शुभकामना दिदै तमु जातिको पहिचान झल्काउन पनि ल्होसारमा स्योराँको महत्व रहेको स्पष्ट पार्नुभयो। कार्यक्रममा पोखरा टेलिभिजनका सिओ घनश्याम लामीछाने र बैदाम केवलका प्रबन्ध निर्देशक हिमाल खड्काले पनि ल्होसारको शुभकामना दिनुभएको थियो।

नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीका अध्यक्ष भुपाल तमुले तमु जातिमा संस्कार, संस्कृति पछिल्लो क्रममा हराउदै गएको बताउदै यस अभियान (स्युराँ)ले संस्कृति संरक्षणमा टेवा पुग्ने समेत दावी गर्नुभयो। उहाँले तमुहरुको बहुल्यता रहेको केही जिल्लाहरुमा स्योराँ खेल्ने गरे पनि कास्कीमा भने लामो समयदेखि हराएको भन्दै यसलाई अंगिकार गर्ने दायित्व नवपुस्ता रहेको जिकिर गर्नुभयो। यस वर्षको ल्हु ल्होसार पर्वलाई भव्य रुपमा मनाउन यो कार्यक्रमले थप रौनकता प्रदान गर्ने आयोजकको दावी छ। उक्त मौलिक साँस्कृतिक कार्यक्रम मार्फत संकलित रकम तमु संस्कार संस्कृति जगेर्ना गर्न खर्च गरिने आयोजकको भनाई छ।





Comments

comments

3494