हङकङमा २ नेपाली महिलाले हामफाले, एकको मृत्यु…

अस्पताल लगिदै

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ६ अप्रिल। हङकङमा दुई नेपाली महिलाले घरबाट हामफाल्दा एक गर्भवती महिलाको मृत्यु भएको छ।

अन्दाजी २७ र ४० वर्षीया ती दुई नेपाली महिलाको परिचय खुल्न सकेको छैन। सादा पोशाकका प्रहरीबाट बच्न आइतवार साँझ करीब ७ बजे उनीहरु मङ कोकको रिक्लेमेसन स्ट्रीटस्थित पुरानो भवनबाट भाग्ने प्रयाश गर्दा यो दुर्घटना भएको समाचार स्रोतले जनाएको छ।

गम्भीर घाइते भएका दुबै जनालाई आपतकालीन उपचारका लागि क्रमशः क्वीन एलिजाबेथ अस्पताल र क्वाङ वाह अस्पताल पठाइएको थियो।

समयपूर्व जन्मिएको शिशु

क्वाङ वाह अस्पताल लगेपछि गर्भवती महिलाले समयपूर्व बच्चा जन्माईकी छन्। बच्चालाई लाइफ सपोर्ट सिस्टममा राखिएको छ। बच्चा जन्माउने महिलाको पछि बिहान करीव सवा चार बजे निधन भएको छ।

प्रहरीले उनीहरुबाट हङकङ परिचयपत्र प्राप्त गर्न नसकेपछि उनीहरुको पूरा परिचय खुल्न सकेको छैन।

प्रहरीले उनीहरूको अपार्टमेन्टबाट १६ सय डलर बराबरको हेरोइन र अन्य ड्रग्स बरामद गरेको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

जहाँबाट भाग्न खोज्दा..

फोटो सौजन्यः hk01. com





Comments

comments

35250