क्वारान्टिन नियम तोडेका भारतीय व्यापारीलाई हङकङमा जेल सजाय

फाइल फोटो

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २० अप्रिल। हङकङको अदालतले कोरोनाभाइरस महामारीको क्रममा अनुमतिबिना क्वारान्टिन नियम तोडेका एक भारतीय व्यापारीलाई जेल सजाय सुनाएको छ।

क्वुन तोङ अदालतले ३१ वर्षीय दीपक कुमारलाई सोमबार चार हप्ता जेल सजाय सुनाइएको हो। क्वारान्टिन नियम उलङ्घन गरेको अभियोगमा हङकङको गैरनिवासीलाई जेल सजाय सुनाएको यो पहिलो पटक हो। क्वारान्टिन ठाउं अनुमति बिना छोडेकोमा उनलाई दोषी ठहर गरेको हो।

दीपक कुमार मार्च २१ मा टर्कीबाट हङकङ आइपुगेका थिए। उनलाई १४ दिनसम्म मोजो नोमाड आबरडीन हार्बर होटेलमा अलग्गै बस्नको लागि लिखित क्वारान्टिनको आदेश दिइएको थियो। तर अध्यागमन अधिकारीहरूले उनलाई भोलिपल्ट बिहान अनुमतिबिना शेन्जेन बे कन्ट्रोल पोइन्ट हुँदै हङकङ छोडेर जाँदै गरेको अवस्थामा भेट्टाएका थिए र उनलाई रोकेर पुनः क्वारान्टिन केन्द्रमा पठाइएको थियो।

अप्रिल ५ मा क्वारान्टिन अवधि सकिएपछि उनलाई अदालतमा पेश गरिएको थियो। क्वारान्टिन नियम तोड्नेहरुलाई अवस्था हेरेर ६ महिना जेल सजाय र अधिकतम २५ हजार डलरसम्म जरिवाना तोकिएको छ। हङकङमा कोरोना भाइरस सङ्क्रमितको संख्या १०२६ पुगेको छ।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

35696