बेलायतमा कोरोनाबाट एक नेपाली व्यवसायीको मृत्यु

फाइल फोटो

सम्वाददाता / एचकेनेपाल डट कम –

लण्डन, २० अप्रिल। बेलायतमा कोरोना भाइरस सङ्क्रमणबाट एक नेपाली व्यवसायीको मृत्यु भएको छ।

मृत्यु हुनेमा साउथ इष्ट लण्डनको वुल्वीचमा बस्दै आएका ४६ वर्षीय चार्टर्ड एकाउन्टेन्ट ध्रुब कुमार श्रेष्ठ रहेका छन्। उनले बेलायतमा आफ्नै एकाउन्टिंग व्यवसाय गरिरहेका थिए।

श्रेष्ठको उपचारको क्रममा शनिबार राति सेन्टथोमस अस्पतालमा मृत्यु भएको जनाइएको छ। उनी सामान्य मधुमेहका विरामी थिए।

पोखरास्थित बगाले टोल घर भएका उनी विगत १८ वर्षदेखि साउथ इष्ट लण्डनमा बस्दै आएका थिए। उनका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन्। बेलायत घुम्न आएका उनका बाबुआमा अहिले बेलायतमै छन्।

बेलायतमा आइतवारसम्म १६ हजारभन्दा बढीको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ।

बेलायतमा लण्डनको न्यू माल्डेनमा बस्दै आएका धनवीर थापामगर, लण्डनमा बस्दै आएका पूर्व गोर्खा सैनिक लक्ष्मण श्रेष्ठ, सडवरी टाउन बस्दै आएकी पुष्पा घले, स्वीन्डनमा बस्दै आएका पूर्व गोरखा सैनिक याम बहादुर मल्ल, लण्डनमा बस्दै आएका पूर्व गोरखा सैनिक चेतप्रसाद गुरुङ, लण्डनको साउथ ह्यारोमा बस्दै आएका पूर्व गोर्खा सैनिक लिलाबहादुर राई, लण्डनको हिलिङडन बरोमा बस्दै आएका पूर्व गोर्खा सैनिक हरिमान तामाङ, रेडिङमा बस्दै आएका पूर्व गोर्खा सैनिक लक्षिणबहादुर गुरुङलगायत नेपालीको कोरोना सङ्क्रमणबाट निधन भएको छ।

[table “” not found /]

[table “” not found /]

[table “” not found /]

[table “” not found /]





Comments

comments

35709