Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

नेपाली मनको आवाज बोल्ने गीत (भिडियो सहित)

एचकेनेपाल डट कम संवाददाता –
काठमाडौं । संसारका कुना काप्चा साइकलबाटै नियालेका विश्व साइकल यात्री सौरव दाहालले सांगेतिक दुनियाँमा पनि पाइला टेकेका छन्। उनी अभिनित उनकै निर्माणमा रहेको राष्ट्रिय गीत यतिबेला यू-ट्युवमा लोकप्रिय बनेको छ।

आफ्नो युरोप यात्राको क्रममा सौरवले निर्माण गरेको यो गीतका शब्द कल्पना खरेलले संकलन गरेकी हुन् भने स्वर रामकृष्ण ढकालले दिएका छन्। म्युजिक भिडियोमा सोफिया महर्जनको कोरियोग्राफी रहेको छ । भिडियो निर्देशन उज्वल केसीले गरेका हुन् भने संगीत ओम प्रकाश राइको छ।

अनलाइन रिलिज भएको छोटो समयमै यो गीतको भिडियो निक्कै लोकप्रिय बनेको छ। साइकल यात्री दाहालले पहिलो गीतबाट आफूले पाएको रेस्पोन्सबाट निक्कै उत्साहित भएको बताए।

जहाँ रहेपनि मेरो देश स्वर्ग लाग्छ… बोलको यो गीतमा विदेशमा बस्ने नेपालीको मनभित्र हुने देशप्रेमलाई उतारिएका कारण गीतले धेरै परवासी नेपालीको मन जितेको उनले बताए। नेपाललाई शान्तिका अग्रदुत भगवान गौतम बुद्धको देशकोरुपमा चिनाउन साइकलमा विश्वका ६९ भन्दा बढी देशको भूमिमा पाइला टेकेका दाहालले विभिन्न देशमा रहेका नेपालीको देशप्रतिको भावनालाई आफूले नजिकबाट अनुभव गरेको देशप्रेमलाई गीत र भिडियोमा उतार्ने प्रयास गरेको बताए।

यस अघि दाहालले नविन के भट्टराईको गीतमा पनि अभिनय गरेका थिए। नेपाली मनको आवाज बोल्ने यो गीतको भिडियोको शुटिङ अष्ट्रेलिया, युरोपका विभिन्न शहर र काठमाडौंमा गरिएको छ।

हेर्नुस् भिडियो





Comments

comments

3801