Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

छुटेका पाइलाकी स्रष्टा बुलु शर्माबाट नइलाई ६ लाख सहयोग

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, साहित्यकार बुलु शर्माले माध्यमिक स्तरका जेहेन्दार र उत्कृष्ट विद्यार्थीको सहयोगका लागि नइ प्रकाशनलाई ६ लाख रुपियाँ प्रदान गरेकी छन्।

बुलु शर्माबाट प्राप्त रकम बैंकको अक्षय कोषमा राखी त्यसको ब्याजबाट प्रतिवर्ष दुई जना दुर्गम जिल्लाका विद्यार्थीलाई छात्रवृत्ति स्वरूप जनही प्रन्ध्र हजार रुपियाँ प्रदान गरिने नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले जनाएका छन्।

नेपाली र अङ्ग्रेजी भाषामा गरी ८ वटा कृति प्रकाशित गरेकी शर्माको जन्म १९८५ मा भारतको बनारसमा भएको हो। बीएबीएडको शैक्षिक योग्यता हासिल गरेकी शर्मा भानुभक्त पुरस्कार, भूपालमानसिंह कार्की कृति पुरस्कार, महाकवि देवकोटा शताब्दी सम्मान, विश्व नारी नेपाली साहित्य सम्मान र विश्व नारी नेपाली साहित्य पदकबाट सम्मानित भइसकेकी छन्। शर्माले एसिया, युरोप र अमेरिकाको भ्रमण गरेकी छन्।

आफ्नी ठूली आमा अम्बालिकादेवीको उपन्यास ‘राजपुत रमणी’ पढेर साहित्यमा प्रेरित भएकी शर्मा अम्बालिकादेवीकै संरक्षणमा हुर्केकी थिइन्। ‘राजपुत रमणी’ नेपाली भाषासाहित्यको प्रथम नारी उपन्यास मानिन्छ। शर्माको चर्चित आत्मकथा ‘छुटेको पाइला’ संसारका विभिन्न भाषामा अनुदित छ।





Comments

comments

3819