काठमाडौं भ्यूटावरको निर्माण कार्य ५ वर्षमा १५ प्रतिशत मात्र…

काठमाडौं, मंसिर १८ । करीब पाँच वर्षदेखि निर्माण शुरु भएको काठमाडौं भ्यूटावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अहिलेसम्म १५ प्रतिशत मात्र भएको छ।

निर्माण शुरु गरेको पाँच वर्ष बित्नै लाग्दासम्म पनि मुस्किलले १५ प्रतिशत मात्रै काम भएको काठमाडौं महानगरपालिका (कामपा)ले नै स्वीकार गरेको छ।

कामपा, निजी साझेदारी एकाइका पूर्वप्रमुख ध्रुव काफ्लेका अनुसार कामपाले निर्माणको जिम्मा दिन्न भन्ने अवस्था पनि छैन, जेनतेन काम गरिरहेको छ । नियमानुसार सम्झौताको पूरा अवधि कामपाले कुर्नुपर्छ काफ्लेले भन्नुभयो । सम्झौताअनुसार काम हुने हो भने अहिले त कम्तीमा पनि ७५ प्रतिशत काम सकिसक्नुपर्ने हो, त्यो अवस्था भने छैन।

अहिले जमिनमुनिको काम सकिएको छ भने जमिनमाथि पिलर राख्ने काम भइरहेको छ । समग्रमा १५ प्रतिशतभन्दा बढी काम भएको छैन । दैनिक १०० कामदारले काम गरिरहेका छन् । कामपाले जमिनमुनिको काम सम्पन्न गर्नका लागि नियमानुसार गत वर्ष चैतमा एक वर्षको लागि समय थप गरिसकेको छ।

.

समयमा नै सक्ने गरी काम गर्ने भए अहिलेसम्ममा आठ तलाको काम सम्पन्न गरिसक्नुपर्ने हो । उक्त टावर जमिनमाथि ११ र जमिनमुनि तीन तला निर्माण गर्ने सम्झौता भएको थियो । स्तम्भ निर्माणका लागि कामपा र जलेश्वर, स्वच्छन्द र बिकोइ विल्डर्स प्रालिबीच विसं २०७१ फागुन २२ मा सम्झौता भएको थियो । कम्पनीले निर्माणको काम भने २०७३ साउन ३० गतेबाट शुरु गरेको हो । सम्झौतानुसार आगामी साउन महीनासम्ममा सक्नुपर्ने हो, तर त्यो अवस्था भने छैन।

सम्झौतानुसार पाँच वर्षभित्र ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउन पाउने खवर आर्थिक अभियान दैनिकमा छ।





Comments

comments

39518