Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

गोर्खाल्याण्डका नेता घिसिङको निधन

काँकडभिट्टा, १६ माघ। अलग राज्य गोर्खाल्याण्ड आन्दोलनका नेता सुवास घिसिङको विहीवार साँझ निधन भएको छ।

नयाँदिल्लीको गंगाराम अस्पतालमा उपचाररत ८४ वर्षीय घिसिङ केही महिनायता समयदेखि घाटीको क्यान्सर र कलेजो सम्वन्धी रोगले थलिएका थिए। अस्पतालको निगरानीमै रहेका घिसिङ दुई दिन अघि सिकिस्त भएपछि भर्ना भएको पारिवारिक स्रोतले जनाएको छ। दार्जिलिङ गोर्खा पावत्र्य परिषदका पूर्व प्रशासक तथा गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का अध्यक्ष सुवास घिसिङ सन् २००७ का इण्डियन आइडल प्रशान्त तामाङको पक्षमा नलाग्दा दार्जिलिङ छाड्नु परेको थियो।

‘बिमल गुरुङ नेतृत्वको गोर्खा जनमुक्ति मोर्चाको उदयपछि उनी दार्जिलिङवाट विस्थापित वनेका थिए’, दार्जिलिङका पत्रकार विमल राई भन्छन्’, घिसिङले त्यसैवेलादेखि जनसमर्थन गुमाएका थिए।’ करिव २ दशकसम्म दार्जीलिङमा एकछत्र राज गर्दै आएका उनी प्रशान्त आइडल बनेका वर्ष दिन पनि बित्न नपाउदै सत्ताच्यूत हुन पुगेका थिए। लगत्तै पत्नी बियोगको पीडा पनि सहन गर्न बाध्य भएका उनी करिव तीन वर्ष जलपाइगुडीमा डेरामा वसेका थिए। एक वर्ष अघि सिलिगुडी नजिकै मतिगढामा डेरामा सरेका थिए। यतिवेला गोर्खाल्याण्डको माग छाडेका घिसिङ छैटौ अनुसूचीको पक्षपाती थिए।

सन् १९८० देखि १९८६ सम्म चलेको छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलन घिसिङकै नेतृत्वमा भएको थियो। उक्त आन्दोलन हिंसात्मक वन्दा करिव १ हजार २ सय वढीले ज्यान गुमाउनु परेको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ।





Comments

comments

3978