हङकङ कोरोना अपडेट : लकडाउनअघि जोर्डन छोडेर भागेकाहरुबाट अन्यत्र कोरोना फैलिने डर

नेपाल तथा विश्वभरको कोविड्-१९ को आंकडा

नेपाल

  • परीक्षण संख्या
  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको

विश्व

  • संक्रमित संख्या
  • मृतक संख्या
  • निको भएको
  • संक्रमित भएको देश


हङकङ कोरोना अपडेट : ७६ सङ्क्रमित थपिए, १ जनाको मृत्यु,
जोर्डनको लकडाउनमा रहेकाहरुलाई केही खुशिको खबर
जोर्डन लकडाउन नेगेटिभ रिजल्ट भएकोले आवातजावत गर्न पाईने
फेरि अर्को ठाउंमा लकडाउनको तयारी…
लकडाउनअघि जोर्डन छोडेर भागेकाहरुबाट अन्यत्र कोरोना फैलिने डर

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २४ जनवरी। हङकङमा २४ घण्टाभित्र थप ७६ जनामा कोरोना संक्रमणको पुष्टि भएको सेन्टर फर हेल्थ प्रोटेशनले जनाएको छ।

यससंगै, हङकङमा कोरोना सङ्क्रमितको संख्या १०,०८६ पुगेको छ। सङ्क्रमितहरुमा ७२ स्थानीय र ४ आयातित रहेका छन्।

संक्रमितहरुमध्ये ४५ पुराना केससंग संबन्धित छन् भने २७ जनाको संक्रमणको स्रोत खुलेको छैन। सङ्क्रमितहरुमा १ वर्षदेखि ९० वर्ष उमेरबीचका नागरिक रहेका छन्।

आज पनि ६० भन्दा बढीमा कोरोनाको प्रारम्भिक लक्षण देखिएका छन्। जोर्डनमा बस्ने १२ जनामा कोरोनाको प्रारम्भिक लक्षण देखिएका छन्।

भिडियोमा ताजा समाचार अपडेट

सङ्क्रमितमध्ये लकडाउनमा परेको जोर्डन क्षेत्रबाट ११ जनामा कोरोना पोजेटिभ देखिएको छ। त्यस्तै, साम सुई पोमा बस्ने ६ जनमा कोरोना पोजेटिभ देखिएको छ।

सङ्क्रमितमध्ये ८ जना यो मा तेई कम्युनिटी सेन्टर र २ जना साम सुई पो टेस्टिङ सेन्टरमा फेला परेका हुन्।

सङ्क्रमितमध्ये २१ जना यो मा तेई र ६ जना साम सुई पोमा बस्ने रहेका छन्।

आज पनि थप केही भवनहरुमा बस्ने सबैलाई अनिवार्य भाइरस टेस्ट गर्न सुझाव दिइएको छ। ति भवनहरुमा Chi Tat House, Tat Estate Kwun Tong र Ning On Mansion Shing Terrace 28, Taikoo Shing Road र 83, Nam Cheong Street Sham Shui Po, Yan Shek House Shek Yam Estate, Kwai Chung रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार ९,०३३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ७७६ जनाको उपचार भइरहेको छ। ३६ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोानाबाट थप १ जना विरामीको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ७२ वर्षीय पुरुष रहेका छन्। यससंगै हङकङमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६९ पुगेको छ।

Jordan lockdown. Photo: Apple Daily.

जोर्डन लकडाउन

यसैबीच, जोर्डनको निषेधित क्षेत्रभित्र रहेकाहरुलाई केही खुशिको खबर आएको छ। शनिवार विहानदेखि जोर्डनमा लागु भएको लकडाउन सोमबार बिहान खुल्ने भएको छ। लकडाउनका कारण जागिर गुम्ने चिन्ताबाट पनि मुक्त हुने भएका छन्। लकडाउनका कारण काममा जान नपाएकोले त्यस दिनको तलब ज्याला पनि प्राप्त गर्ने भएका छन्।

भाइरस परीक्षणमा नेगेटिभ रिजल्ट पाउने व्यक्तिले ६ बजेपछि जोर्डन निषेधित क्षेत्रमा आवातजावत गर्न पाउने भएका छन्। उनीहरुले पहिचानको नेगेटिभ रिजल्टको कलाई पट्टा देखाउनु पर्ने छ।

जोर्डन छाडेर भागेकाहरुबाट अन्यत्र कोरोना फैलिने डर

लकडाउनअघि जोर्डन छाडेर भागेकाहरुबाट अन्यत्र कोरोना फैलिने डर पैदा भएको छ। सरकारका एक अधिकारीका अनुसार २००० देखि ३००० सम्मले जोर्डन छोडेर भागेका छन्। अधिकारीहरूले ७,००० भन्दा बढीको भाइरस परीक्षण गरिसकेको र भागेर गएका व्यक्तिहरुको ट्र्याक गर्न आवश्यक रहेको बताएका छन्।

यसबीच हङकङकी कार्यकारी प्रमुख क्यारी लामले जोर्डनमा गरिएको लकडाउनलाई लकडाउन मान्न तयार छैनन्। जोर्डनमा लागु गरिएको अपरेशन त्यहाँभित्रका जनतालाई अनिवार्य भाइरस टेस्ट गराउंने उद्देश्यले स्थापित गरिएकोले यसलाई सिटी लकडाउन नमिल्ने बताएकी छन्।

फेरि अर्को ठाउंमा लकडाउन गर्ने तयारी

सरकारले फेरि अर्को ठाउंमा लकडाउन गर्ने तयारी गरिरहेको छ। कोरोना सङ्क्रमित संख्या बढ्दै गएपछि त्यहाँ लकडाउन गर्ने या नगर्ने भन्ने विषयमा छलफल भइरहेको छ। कोरोना सङ्क्रमित संख्या क्रमिक रुपमा बढ्दै गएकोमा यो मा तेई फ्रुट मार्केटमा लकडाउन गर्ने सम्भावना बढेको छ। पहिलै सूचित गरेमा जोर्डनमा जस्तै भाग्न सक्ने चिन्ता पनि सरकारलाई रहेको छ।





Comments

comments

40228