रामकृष्ण ढकालको आवाजमा उमेश रेग्मीको ‘सानु मेरो याद आयो भने..’

सौरभ श्रेष्ठ –

धरान । हाल अमेरिकामा बसेर नेपाली गीत – संगीतमा निरन्तर उत्कृस्ठ गीत- संगीतहरु दिईरहेका गीतकार /संगीतकार उमेश रेग्मीले आफ्नो अर्को सौगात गायक रामकृष्ण ढकालको स्वरमा म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्।

.

आफ्नै गोत्र इन्टरटेनमेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको “सानु मेरो याद आयो भने ” बोलको गीतको संगीत संयोजन महाराज थापाले गरेका छन् भने युबराज वाइबाको निर्देशन, निशाल पौडेलको छायांकन र बिकाश दाहालको सम्पादन रहेको छ।

साक्षी लम्साल, प्रेम कुमार श्रेष्ठ र गायक रामकृष्ण ढकाल स्वयंको अभिनयले गीत संगै भिडियोलाई पूर्ण बनाईदिएको छ।

.

इनरुवाका स्थायी बासिन्दा गीतकार /संगीतकार उमेश रेग्मीले २०६५ साल ताका नै सुनसरी – इनरुवा र उमेश नामको दुई एल्बम आफ्नै स्वर तथा सब्द संगीतमा निकालिसकेका छन्। संगीतलाई आफ्नो शौक मान्ने उमेशले अमेरिकाको बसाइ पछि भने बिगत दुई बर्षदेखि निरन्तर आफ्नो शब्द – संगीतमा दीप श्रेष्ठ, रामकृष्ण ढकाल, अन्जु पन्त, शिब परियार, बिश्व नेपाली, टिका प्रसाई, संजिवनी, नबिन राहपल, राज पौडेल, विवेक श्रेष्ठ लगायतका नयाँदेखि अग्रज गायक -गायिकाहरुको स्वर रेकर्ड गरिसकेका छन् भने भविष्यमा अझ उत्कृस्ठ गीत- संगीत पस्कने कोशिस जारी राख्ने बताउंछन्।

सानु गीतको भिडियो:





Comments

comments

40808