टर्दै वैकल्पिक सरकारको सम्भावना

प्रमुख प्रतिपक्ष काँग्रेस नै तयार नभएपछि वैकल्पिक सरकार निर्माण गर्ने सम्भावना तत्काल टरेको छ।

काँग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विराटनगरमा स्थानीय सञ्चारकर्मीसँग काँग्रेस विपक्षमा बस्ने उद्घोष गरेपछि नयाँ सरकार तत्कालै नबन्ने देखिएको हो । अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) पनि सत्ता समीकरणका विषयमा अनिर्णीत छ।

फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन काँग्रेस, माओवादी र जसपा सबै एकै ठाउँमा उभिनुपर्छ । यी तिनै दलमध्ये कुनै एक दलमात्रै तयार नहुँदा वैकल्पिक सरकार बन्न सक्दैन । देउवाले अविश्वासको प्रस्ताव पनि नल्याउने र पार्टी सरकारमा पनि नजाने प्रष्ट बताइसकेका छन् । उनले विराटनगरमा त्यस्तो अभिव्यक्ति दिँदै गरेको बेला जसपाका नेताहरु भने बालुवाटारमा प्रधानमन्त्री ओलीसँग वार्ता गरिरहेका थिए।

काँग्रेस नेताहरुका अनुसार माओवादीले सरकारबाट अलग भएको घोषणा गर्यो भने भिन्न परिस्थिति खडा हुन सक्छ। माओवादीको जोड तीन दलबाट संयुक्त अविश्वासको प्रस्ताव दर्ता गर्नेमा थियो । काँग्रेस तयार नभएपछि अविश्वासको प्रस्ताव ल्याउने सम्भावना देखिँदैन।

आजको कान्तिपुर दैनिकमा समाचार छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

41196