हङकङ कोरोना न्युज अपडेट : नेपालबाट आएका थप ३ जनामा कोरोना पोजेटिभ देखियो…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ५ मे। सेन्टर फर हेल्थ प्रोटेशनले नेपालबाट आएका ३ र ३ स्थानीय गरी ६ जना कोरोना सङ्क्रमित थपिएको आज जनाएको छ।

यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,७९७ पुगेको छ।

स्थानीय सङ्क्रमितहरुमा २ जना फिलिपिनो घरेलुसहयोगी र एक प्राथमिक विद्यालयकी शिक्षिका रहेकी छन्।

दुई सङ्क्रमितहरुमा Block N2 Kornhill Quarry Bay र Royalton, 118 Pok Fu Lam building मा बस्ने ४६ र ३८ वर्षका महिला घरेलुसहयोगीहरु रहेका छन्। ४६ वर्षीया महिलाको सङ्क्रमणको स्रोत खुलेको छैन।

अर्की सङ्क्रमितमा Tung Chung स्थित Ling Liang Church Sau Tak Primary School की ३६ वर्षीया शिक्षिका रहेकी छन्। यसअघि, उनकी घरेलुसहयोगी र पछि १० महिनाकी बच्चीमा म्युटन्ट भाइरस पोजेटिभ देखिएको थियो।

शिक्षिकालाई कोरोना देखिएपछि विद्यालयलाई बन्द गरिएको छ। कोरोना सङ्क्रमित विरामी बस्ने घर, कार्यस्थल र विद्यालयका सबै जनालाई अनिवार्य पिसिआर परीक्षण गराउंने भएको छ।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,४६२ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ८८ जनाको उपचार भइरहेको छ। ३ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० पुगेको छ।

फाइल फाेटाे




Comments

comments

Leave a Reply

41977