हङकङ कोरोना न्युज अपडेट : आज पनि लोकल केस जिरो, आयातित १ मात्र थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ११ मे। सेन्टर फर हेल्थ प्रोटेशनका अनुसार आज पनि स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको छ। स्थानीय सङ्क्रमित नथपिएको लगातार यो चौथो दिन हो।

यद्यपि १ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,८१३ पुगेको छ।

आयातित सङ्क्रमितमा इन्डोनेसियाबाट आएकी २७ वर्षीया महिला रहेकी छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,५०३ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ६८ जनाको उपचार भइरहेको छ। २ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० पुगेको छ।

फाइल फोटो




Comments

comments

Leave a Reply

42165