हङकङ कोरोना न्युज अपडेट : आज पनि लोकल केस जिरो…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १४ मे। सेन्टर फर हेल्थ प्रोटेशनका अनुसार आज पनि हङकङमा स्थानीय कोरोना सङ्क्रमितको संख्या शून्य रहेको छ। १ जनामात्र आयातित सङ्क्रमित थपिएका छन्। यससंगै कोरोना सङ्क्रमितको कुल संख्या हङकङमा ११,८१९ पुगेको छ।

आयातित सङ्क्रमितमा संयुक्त अरब इमिरेट्सबाट आएका ४३ वर्षीय पुरुष रहेका छन्।

पछिल्लो सरकारी आकाँडा अनुसार हालसम्म ११,५१६ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। ६१ जनाको उपचार भइरहेको छ। २ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० पुगेको छ।

फाइल फोटो




Comments

comments

Leave a Reply

42246