मन्त्रिमण्डल विस्तार

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज विस्तार गरेका मन्त्रिमण्डलमा सबै यसअघिकै सरकारका सदस्यहरु रहेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभाको ठूलो दलका नेताका हैसियतमा संविधानको धारा ७६ को उपधारा (३) बमोजिम बिहीबार नियुक्त प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफूले सम्हालेका छन् भने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीमा पुनः नियुक्त गरेका छन्।

फाइल फोटो

विस्तारित मन्त्रिपरिषद्मा २२ मन्त्री र तीन राज्यमन्त्री छन्। नियुक्तमध्ये २० मन्त्री र दुई राज्यमन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिए।

रासस

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

42241