काठमाडौंसहित २० जिल्ला अति जोखिममा

कोरोनाविरुद्ध तत्काल १ करोड मात्रा खोप आवश्यक रहे पनि अन्योलता छाएको छ। अनुमानित १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन्।

गत २०७७ फागुन अन्तिम साता दोस्रो प्राथमिकतामा परेर कोरोनाविरुद्धको खोप लगाएका झन्डै १५ लाख नागरिक ‘दोस्रो डोज खोप लगाउन पाउने हो कि होइन रु’ भन्ने अन्योलमा छन् । पहिलो लगाएको ८ देखि १२ साताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने विज्ञ बताउँछन् । उनीहरूले कोभिसिल्ड खोप लगाएका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म अनुमानित ३ लाख ८० हजार नागरिकले मात्रै कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेल तत्काल १ करोड मात्रा खोप आवश्यक रहेको बताउँछन् । तत्काल १ करोड मात्रा खोप आवश्यक रहेकोसमेत उनले औंल्याए।

फाइल फोटो

‘चीन सरकारबाट २० लाख मात्रा खोप ल्याउने कूटनीतिक पहल भइरहेको छ तर त्यति पर्याप्त भने हुँदैन,’ सोमबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिसमक्ष उनले भने, ‘१५ जेठभित्रै ज्येष्ठ नागरिकलाई खोप लगाउने भनिए पनि पर्याप्त छैन।’

५५ वर्षमाथिका ५१ लाख ६४ हजार २ सय ६९ जनालाई खोप लगाउने मन्त्रालयको योजना रहे पनि सो उमेर समूहका अधिकांश वञ्चित छन्।

सरकारले जेठ तेस्रो सातासम्म चीनबाट भेरोसेल खोप ल्याउने प्रक्रिया अघि बढाए पनि ‘आउने वा नआउने रु’ टुंगो लागेको छैन । यसका लागि स्वास्थ्य मन्त्रालय हुँदै परराष्ट्रमार्फत चिनियाँ पक्षलाई पत्राचार गरिएको छ । भारतबाट खरिद गरिएको १० लाख डोज खोपसमेत आउने निश्चित छैन।

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारतमा महामारी नरोकिएकाले खरिद गरिएको खोपसमेत पाउन नसकेको बताउँदै आएका छन् । शिक्षा तथा स्वास्थ्य समिति सभापति जयपुरी घर्तीले यथाशीघ्र खोप पु¥याउन आग्रह गर्दै सरकार गम्भीर बन्नुपर्नेमा जोड दिएकी छन्।

यसैबीच, सोमबार देशभर ९ हजार २ सय ४७ मा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१ हजार ६ सय ५३ को पीसीआर र ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।, यो समाचार आजको राजधानी दैनिकमा छ।

छुटाउंनु भयो कि - Tai Tong Park मा BBQ पार्टी खाना जाँदा.. (हेर्नुहोस् हङकङको भिडियो भ्लग)




Comments

comments

Leave a Reply

42347