हङकङ कोरोना न्युज अपडेट : लोकल केस जिरो, ३ आयातित सङ्क्रमित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ८ जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार स्थानीय कोरोना सङ्क्रमित को संख्या शून्यमा झरेको जनाएको छ।

यद्यपि ३ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको संख्या ११,८६९ पुगेको छ।

.

आयातित सङ्क्रमितहरुमा कोलम्बियाबाट आएका २ जना र इन्डोनेसियाबाट आएकी ४२ वर्षीया एक महिला रहेका छन्।

अहिले कोरोना सङ्क्रमित ४१ जनाको उपचार भइरहेको जनाइएको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोनाबाट हङकङमा मृत्यु हुनेको संख्या २१० रहेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

42837