हङकङ कोरोना न्युज अपडेट : स्थानीय सङ्क्रमितको सङ्ख्या शून्यमा झर्दा ३ आयातित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २८ जुन। सेन्टर फर हेल्थ प्रोटेक्शनले सोमवार स्थानीय कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको जनाएको छ।

यद्यपि, ३ जना आयातित सङ्क्रमित थपिएको जनाएको छ। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९२१ पुगेको छ।

.

आयातित सङ्क्रमितमा बेलायतबाट आएका १, नामिबियाबाट १ र इन्डोनेसियाबाट आएका १ जना रहेका छन्।

अहिले कोरोना सङ्क्रमित ४७ जनाको उपचार भइरहेको जनाइएको छ। १ जना बिरामीको अवस्था भने ‘क्रिटिकल’ रहेको जनाइएको छ।

कोरोना सङ्क्रणका कारण हङकङमा २११ ले ज्यान गुमाएका छन्।

आज ५०,१५७ जनाले कोरोनाबिरुद्ध खोप लिएका छन्। अहिलेसम्म कोरोनाबिरुद्ध ३५,६१,३७६ खोप दिइसकेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

43243