हङकङ कोरोना न्युज अपडेट : हङकङमा आज पनि लोकल केस जिरो…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २६ जुलाई। सेन्टर फर हेल्थ प्रोटेक्शनले बुधवार स्थानीय कोरोना सङ्क्रमितको संख्या पुनः शून्यमा झरेको जनाएको छ।

यद्यपि, १ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या ११,९८१ पुगेको छ।

आयातित सङ्क्रमितमा साउदी अरेबियाबाट आएकी १७ वर्षीया महिला रहेकी छन्। उनी साउदी वाणिज्यदूतकी छोरी हुन्। यसअघि, उनीसंगै आएका भाइलाई भेरियन्ट भाइरसको पुष्टि भएको थियो।

पछिल्लो १४ दिनमा जम्मा २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

यतिबेला हङकङमा कोरोना सङ्क्रमित २५ जनाको उपचार भइरहेको छ। आज १ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट मृत्यु हुनेको संख्या हङकङमा २१२ पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

44005