Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
सुपर स्टार भुवन केसीलाई एनएजीसी सुपर अवार्ड – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका
Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

सुपर स्टार भुवन केसीलाई एनएजीसी सुपर अवार्ड

सुपर स्टार भुवन केसीलाई एनएजीसी सुपर अवार्ड
मणि नेपाली / एचकेनेपाल डट कम-
क्यालिफोर्निया। नेपाल विश्व सहयोग संघले हालै ग्रेटर स्याक्रिमेन्टोमा आयोजित एक बिशेष समारोहबीच सुप्रशिद्ध अभिनेता तथा चलचित्र निर्माता भुवन केसीलाई एनएजीसी सुपर अवार्ड 2014 ले सम्मानित गरेको छ।

यसअघि, उनी लायन्स क्लब अफ बर्क्ली अन्नपुर्णको नवौँ पदस्थापना समारोहको अवसरमा लाइफ टाइम अचिभ्मेन्ट अवार्डबाट सम्मानित भएका थिए।

एनएजीसी अन्तर्राष्ट्रिय उपाध्यक्ष युवराज कार्कीको सँयोजकत्वमा गठित छनोट समितीले घोषणागरे अनुसार उनी सो आवार्ड प्राप्त गर्ने प्रथम चल्चित्रकर्मी हुन्। केसीलाई सो अवार्ड चलचित्र क्षेत्रमा उल्लेखनिय सेवा पुर्याए बापत दिईएको हो।

योलो काउन्टी पुस्तकालय डेबिसमा आयोजित सो कार्यक्रममा कार्यक्रम संयोजक बरिष्ठ समाजसेवी दुर्गा दाहालले स्वागत गरेका थिए। सो अवसरमा नाफ्काका अध्यक्ष सुरेन्द्र अधीकारी, नेप्लिज सोसाइटी अफ क्यालिफोर्निया का अध्यक्ष टिकाराम सुवेदी तथा उत्तर क्यालिफोर्नियाको छाता सङठनको सम्मान पाएको एनएएनसी तथा नेपाली कम्युनिटी सेन्टरका अध्यक्ष उत्तम कार्कीले सुपर स्टार केसीलाई सम्मान गरेका थिए। सो कार्यक्रममा नाफ्काका निवर्तमान अध्यक्ष बासु ढकाल, पूर्व अध्यक्ष उद्दव गिरी, प्रज्वल बज्रचार्य, सल्लाहकार गजेन्द्र अधीकारी, एनएएनसीका महासचिव रविन्द्र राई, भुटानी समाजका महासचिव राजा प्रधान, सुप्रशिद्ध लोकगायक अनिश ओकिली सापकोटा, युवा समाजसेवी भाष्कर तिमिल्सिना लगायत सो क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

नेपाल विश्व सहयोग संघ एनएजीसीका अन्तर्राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघ सस्था र महानुभावहरूलाई हार्दिक धन्यवाद दिंदै लेजेन्डरी अभिनेता भुवन केसीलाई एनएजीसी सुपर स्टार अवार्ड २०१४ को ट्रफी प्रदान गरे। सम्मान कार्यक्रमपछि केसीको नयाँ पारिवारिक चलचित्र, “साथी म तिम्रो” प्रदर्शन भएको थियो।

चलचित्रमा आफ्नो पिताको महत्वाकांक्षी चलचित्र निर्माण गर्न प्रतिवद्द छोरालाई स्वयम् आफ्नी पत्नीले समेत त्याग गरेपछि आफू र आफ्नो छोरा सडकमा पुगेको र छोरालाई पालन पोषण गर्न कठिनाइहरू भोग्दै सन्तानको लागि एक पिताले गरेको त्यागको ज्वलन्त उदाहरण सो चलचित्रमा पाइन्छ।

मार्मिक कथानक चलचित्रमा गरिएको सशक्त अभिनयले दर्शकहरूको मन छोएको थियो र दर्शकहरूले अनायासै बगिरहेको आसुँ पुछिरहेका देखिन्थे।। नेपालमा सो चलचित्र सुपरहिट भएको बताइन्छ। चलचित्र प्रदर्शनपछि सुपर स्टार भुवन केसीलाई दर्शकहरूले स्नेहपूर्वक घेरेका थिए र केसीले सबैजना सँग सौहाद्रता बाँड्दै प्रशस्त तस्वीर खिचेका थिए।

सुपर स्टार भुवन केसी लाइफ टाइम अचिभ्मेन्ट अवार्डले बिभूषित
मणि नेपाली / एचकेनेपाल डट कम-
क्यालिफोर्नीया। नेपाली सिनेमाका सुपर स्टार भुवन केसी लाइफ टाइम अचिभ्मेन्ट अवार्डले बिभुषित भएका छन्। अमेरिकाकै सबै भन्दा ठूलो नेपाली लायन्स क्लब, लायन्स क्लब अफ बर्क्ली अन्न्पुर्णले सुपर स्टार भुवन केसीले बिगत तीन दशकदेखि नेपाली चलचित्र क्षेत्रमा आफ्नो उत्कृष्ट अभिनय र चलचित्र निर्माणमा अमूल्य योगदान गरे वापत सो आवार्ड प्रदान गरेको हो।

लायन्स क्लब्स इन्टर्न्यास्नल MD4 का काउन्सिल चेअर लायन डेनी ग्रोट्रियनले संस्थाको नवौँ पदस्थापनाको अवसरमा एक भव्य समारोहको बीचमा अवार्ड प्रदान गर्दा उनका फ्यानहरूले खचाखच भरिएको दर्शक दीर्घामा उत्साहजनक तालीको गड्गडाहट सुनिएको थियो।

समारोहमा डिस्ट्रिक्ट गभर्नर लायन भिन्स लिपिन्स्की, सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर यान भल्टर, पास्ट डिस्ट्रिक्ट गभर्नरहरू लिन्डा ग्रिफिन्, लायन डन किङ, डिस्ट्रिक्ट ३२५ बी नेपालका पास्ट डिस्ट्रिक्ट गभर्नर लायन राम श्रेष्ठ,चार्टर प्रेसिडेन्ट राजेन थापा एनएएनसी तथा एनसीसीका अध्यक्ष उत्तम कार्कीलगायत सो क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिती रहेको थियो।

आवार्डलाई भावपूर्ण रुपमा स्वीकार गर्दै सुपर स्टार भुवन केसीले भने, ” १०० भन्दा बढी चलचित्रमा अभिनय गरी गोरखा दक्षीण बाहुलगायत अनगिन्ती अवार्डहरूले आफू सम्मानित भैसकेको भए पनि लाइफ टाइम अचिभमेन्ट पाएको यो पहिलो अवसर भएकोले यो क्षण मेरो लागि अत्यन्त गौरवशाली र ऐतिहासिक भएको छ।”

अवार्ड प्रदान गर्ने क्लबका चार्टर प्रेसिडेन्ट राजेन थापा, आउट्गोइङ प्रेसिडेन्ट तिलक सुनार र नवनिर्वाचित अध्यक्ष हेमा पनेरुलाई हार्दिक कृतज्ञता जाहेर गर्दै आफ्नो भ्रमणलाई सहज र सुखद पार्न सहयोग गर्ने एनएएनसी अध्यक्ष उत्तम कार्की, NAGC का अन्तर्राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरु, जन्सम्पर्क समिती क्यालिफोर्नियाका सभापति चन्द्र धिताललाई बिशेष धन्यवाद दिए।

महानायक भुवन केसीले आफ्नो प्रस्तूती मार्फत उपस्थित सम्पूर्णलाई मन्त्रमुग्ध पारेका थिए। सो अवसरमा कार्यक्रमकी अतिथि कलाकार, क्यालिफोर्नियाकी चेलीको रुपमा स्नेह प्राप्त गायिका नलीना चित्रकारलाई पनि सम्मान पत्र प्रदान् गरिएको थियो।

लायन्स क्लब अफ बर्क्ली अन्न्पुर्णका आउट गोइङ प्रेसिडेन्ट लायन टिलक सुनारको सभापतिट्वमा सम्पन्न सो कार्यक्रममा आफ्णो कार्यकालमा योगदान पुर्याउने महानुभावहरूलाई मायाको चिनो प्रदान् गर्दै सबैलाई हार्दिक् धन्यवाद दिए।

औपचारिक कार्यक्रमपछि बिबिध साँस्कृतिक कार्यक्रमले उपस्थित सबैलाई भरपूर मनोरञ्जन दिएको थियो। डीजे सन्दिप बाबु चौधरीद्वारा संचालित साँस्कृतिक कार्यक्रममा रुस्मा खरेल, एलिजा पनेरु, शार्नवी केसी रुथ राना, आयुस्मा मल्ल, अस्मिता फुँयाल, शाक्षी चालिसे, महिमा पनेरु कुस्मा खरेल र बिलिना दहालले भरपूर मनोरञ्जन दिएका थिए। त्यसै गरी उत्कृष्ट प्रस्तूती दिने कलाकारहरूमा नितिका भट्ट, पामेला भट्ट, नओमी भट्ट, मेघना श्रेष्ठ, श्रधा शाक्य, रोहण मगर भबिशा फुँयाल थिए। साँस्कृतिक कार्यक्रमको संयोजन नव निर्वाचित कोषाध्यक्ष लायन बिन्दु सापकोटाले गरेका थिए। अन्तमा भुवन केसीको बिशेष प्रस्तूती, नलीना चित्रकारको प्रस्तुतीमा दर्शकहरू झुमी झुमी नाचेर रमाएका थिए।





Comments

comments

441