Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

युएईमा जननायक बिपी कोइरालाको जन्म शताब्दी

गोविन्द ढकाल / एचकेनेपाल डट कम –
अबुधाबी, युएई। नेपाली जनसम्पर्क समिति युएईले जननायक स्व. बिपी कोइरालाको जन्मशताब्दी अबुधाबीको अरब उडुपी रेष्टुरेण्टमा मनाएको छ। नेपाली राजदूत धनञ्जय झाको प्रमुख आतिथ्य तथा नेपाली जनसम्पर्क समिति युएइका सभापति चित्र केसीको सभापतित्वमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

महान शहीदहरुप्रति १ मिनेट मौन धारणलगत्तै जननायक कोइरालाको तस्बिरमा फूलमाला र अबिर माल्यार्पण गरि सुरु भएको कार्यक्रमको अथितिहरुमा नेपाली राजदूताबासका तृतीय सचिब कृष्णप्रसाद लाम्साल, एनाआरएन एनसीसीका अध्यक्ष कृष्ण भुषाल, हेल्पिंग नेपालका अध्यक्ष शर्मिला मैनाली, विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुलगायत जन्संपर्क समितिका केन्द्रीय तथा क्षेत्रिय पदाधिकारी तथा सदस्यको उपास्थिति रहेको थियो।

नेपाली जनसम्पर्क समितिका उप-सभापति भुवानी प्रसाद तिमिल्सिनाले उपस्थित सम्पूर्ण अथितिहरुलाई स्वागत गर्दै नेपाली कांग्रेसले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नै बिपी जन्म शताब्दी मनाउने कार्यक्रम अनुसार नेपाली जनसम्पर्क समिति यु ए इ ले यो कार्यक्रम आयोजना गरेको बताए साथै मन्तब्यकै क्रममा बिपीको चिन्तन र बिपीले देखाएको प्रजान्त्रको बाटो विश्वले अनुसरण गरेको पनि उल्लेख गरे।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजदूत धनञ्जय झाले बिपीलाई आफूले सानो उमेरमा भेट गरेको र उहाँ जस्तो असल नेता अहिलेसम्म मुलुकले पाउन नसकेको र उहाँको जन्म शताब्दीलाई नेपाल सरकारले नै राष्ट्रिय पर्वको रुपमा मनाउनु पर्ने बताए। साथै यूएईमा पनि सबै नेपाली संघ सस्थाले बीपीको जन्म सताब्दीलाई बृहत रुपमा मनाउदा राम्रो हुने र त्यसको संरक्षक आफू हुन पनि तयार रहेको बताए।

कार्कक्रममा नेपाली राजदूताबास युएईका तृतीय सचिब कृष्णप्रसाद लम्साल आफ्नो कार्यकाल सम्पन्न गरि नेपाल फर्कन लागेकोले उनले युएईमा रहदा गरेका राम्र कामको प्रसंशा गर्दै उक्त कार्यक्रमका सभापति तथा प्रमुख अतिथिले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्दै बिदाई गरिएको थियो।

कार्यक्रमको अन्तमा सभापति केसीले बीपीको जीवनी र प्रजातान्त्रिक आन्दोलान्मा बीपीले निभाएको भूमिका र नेपालीका राजनीतिक पार्टी, बिशेष गरी प्रजातन्त्र मान्ने सम्पूर्ण नेपालीहरु तथा सिंगो नेपाली कांग्रेसले बीपीको चिन्तन उनले अंगालेका प्रजन्त्रत्रिक बाटो अनुसार जान सक्यो भने मात्र बल्ल नेपाल र नेपाली जनताको सपना साकार हुने विचार राखे। कार्यक्रम नेपाली जनसम्पर्क समिति युएईका महामन्त्री बिमल तामांगले संचालन गरेका थिए।





Comments

comments

743