हङकङ कोरोना न्युज अपडेट : हङकङमा ५८ दिनपछि देखियो नयाँ लोकल केस, ५ आयातित थपिए…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ५ अगष्ट । सेन्टर फर हेल्थ प्रोटेक्शनले विहीवार एक स्थानीय कोरोना सङ्क्रमित थपिएको जनाएको छ।

लगात्तार ५८ दिनसम्म शून्य कोरोना सङ्क्रमितको क्रमभंगता तोड्दै शाम शुई पो बस्ने ४३ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। त्यस्तै, ५जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,००३ पुगेको छ।

आयातित सङ्क्रमितमा आयरल्याण्ड, कम्बोडिया, अमेरिका, थाईल्याण्ड र रुसबाट आएका रहेका छन्।

पछिल्लो १४ दिनमा जम्मा २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

यतिबेला हङकङमा कोरोना सङ्क्रमित २८ जनाको उपचार भइरहेको छ। आज २ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट मृत्यु हुनेको संख्या हङकङमा २१२ पुगेको छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

Leave a Reply

44235