Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज पनि लोकल केस जिरो.. – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज पनि लोकल केस जिरो..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ४ सेप्टेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिवार स्थानीय कोरोना सङ्क्रितको संख्या शून्यमा रहेको जनाएको छ।

यद्यपि, १ जना आयातित सङ्क्रमित थपिएका छन्। यससंगै हङकङमा कोरोना सङ्क्रमितको कुल संख्या १२,११४ पुगेको छ।

आयातित सङ्क्रमितमा फिलिपिन्सबाट आएकी ४५ वर्षीया घरेलु सहयोगी रहेकी छन्।

पछिल्लो १४ दिनमा जम्मा ६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

यतिबेला हङकङमा कोरोना सङ्क्रमित ६३ जनाको उपचार भइरहेको छ। कोरोना सङ्क्रणबाट मृत्यु हुनेको संख्या हङकङमा २१२ पुगेको छ।

नेपालमा कोरोनाको अवस्था यस्तो… छ।

कुन देशमा कस्तो छ कोरोनाको अवस्था? यहाँ हेर्नुहोस्

फाइल फोटो




Comments

comments

44967