हङकङ कोरोना न्युज अपडेट- कतार एयरवेजपछि टर्की एयरलाइन्सलाई हङकङमा प्रतिबन्ध..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २९ सेप्टेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले हङकङमा बुधवार ५ जना आयातित कोरोना सङ्क्रमित थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,२१५ पुगेको छ।

प्रोटेक्शनका अनुसार स्थानीय कोरोना सङ्क्रितको संख्या आज पनि शून्य नै रहेको छ।

आयातित सङ्क्रमितमा २ जोर्डनबाट, १ जापानबाट र २ जना फिलिपिन्सबाट आएका घरेलुसहयोगी रहेका छन्। ति सबैले कोभिडविरुद्ध २ डोज खोप लिइसकेका थिए।

यसैबीच, यात्रुसंगै कोरोना भित्रिएपछि सरकारले टर्की एयरलाइन्सलाई २९ सेप्टेम्बरदेखि १२ अक्टोबरसम्म २ हप्ताको लागि हङकङमा प्रतिबन्ध लगाएको छ।

यसअघि, हिजो मंगलवार कतार एयरवेजलाई २ हप्ताको लागि हङकङमा प्रतिबन्ध लगाएको थियो।

पछिल्लो १४ दिनमा ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ति सबै आयातित सङ्क्रमित रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ५६ जनाको उपचार भइरहेको छ। आज थप ९ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

फाइल फोटो




Comments

comments

45479