हावाहुरी र भारी वर्षाका कारण हङकङमा १ महिलाको मृत्यु, केही घाइते..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ८ अक्टोबर । हङकङमा शुक्रवार बिहानको सामुद्रिक आँधीबेहरी, अविरल र भारी बर्षाका कारण एक जना महिला कामदारको मृत्यु र केही घाइते भएका छन्।

ह्याप्पी भेलीस्थित ब्राडवुड रोडमा हावाहूरीले स्काफफोल्ड भत्काउंदा त्यहाँ कार्यरत कामदारमध्ये एक महिला कामदारको मृत्यु भएको हो। उनको वान चाईस्थित रतनजी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

उनीसंगै सो घटनामा परेका अरु कामदारको उद्धार गरिएको छ।

भत्किएको स्काफफोल्डमा परेर दुई कारमा क्षति पुगेको छ। सामान्य घाइते एक चालकलाई अस्पताल लगिएको छ भने अर्कालाई चोटपटक नलागेको जनाएको छ।

हङकङको मौसमसम्बन्धी जानकारी दिने निकाय माई अब्जरभेटरीले हङकङमा आँधीबेहरीसंगै भारी बर्षा हुने चेतावनी दिंदै सर्वसाधारण नागारिकलाई सजग र सचेत रहन अपिल गरेको थियो।

माई अब्जरभेटरीले हङकङमा रेड रेनस्ट्रोम, स्ट्रोङ विन्ड सिग्नल ३ जारी गरेको छ। यस्तो बेला भारी वर्षा र आँधीबेहरीसंगै अप्रिय घटना घट्न सक्ने हुनाले सर्वसाधारण नागारिकलाई सजग र सचेत हुन अपिल गरिन्छ।

थप फोटो र समाचार अपडेटको लागि यहाँ क्लिक गर्नुहोस्





Comments

comments

45639