टाईफूनका कारण RA410 हङकङ – काठमाडौंको उडान रद्द..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १२ अक्टोबर । खराब मौसम टाईफूनका कारण आज मंगलवार हुने RA410 को हङकङ-काठमाडौंको उडान रद्द भएको छ।

फाइल फोटो

नेपाल वायुसेवा निगमको विमान RA410 आजको उडान स्थगित भएपछि दसैं र तिहार मान्न नेपाल जान तयार भएका हङकङेली नेपाली निराश बनेका छन्।

RA410 को हङकङ – काठमाडौंको अर्को उडान १४ अक्टोबरको पूर्वनिर्धारित समय तोकिएको निगमको हङकङ स्टेशन कार्यालयले ट्राभल एजेन्टहरुलाई जानकारी दिएको छ।

–

हङकङमा १९७८ वर्षपछिको सम्भवतः लामो सामुद्रिक आँधी (Tropical Cyclone Signal Number 8) आउने भएपछि साँझदेखि हुने केही हवाई उडानहरु रद्द भएका हुन्।





Comments

comments

45765