टाईफूनका कारण RA410 हङकङ – काठमाडौंको उडान रद्द..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १२ अक्टोबर । खराब मौसम टाईफूनका कारण आज मंगलवार हुने RA410 को हङकङ-काठमाडौंको उडान रद्द भएको छ।

फाइल फोटो

नेपाल वायुसेवा निगमको विमान RA410 आजको उडान स्थगित भएपछि दसैं र तिहार मान्न नेपाल जान तयार भएका हङकङेली नेपाली निराश बनेका छन्।

RA410 को हङकङ – काठमाडौंको अर्को उडान १४ अक्टोबरको पूर्वनिर्धारित समय तोकिएको निगमको हङकङ स्टेशन कार्यालयले ट्राभल एजेन्टहरुलाई जानकारी दिएको छ।

हङकङमा १९७८ वर्षपछिको सम्भवतः लामो सामुद्रिक आँधी (Tropical Cyclone Signal Number 8) आउने भएपछि साँझदेखि हुने केही हवाई उडानहरु रद्द भएका हुन्।





Comments

comments

45765