हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज ४ इम्पोर्टेट केस थपिए, लोकल जिरो नै..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १२ अक्टोबर । सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार हङकङमा ४ आयातित केस थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,२७३ पुगेको छ।

प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस भने आज पनि शून्य नै रहेको छ।

आयातित केसहरुमा बेलमयतबाट २ जना, इन्डोनेसियाबाट १ जना, र रसियाबाट आएका १ जना सामेल छन्।

पछिल्लो १४ दिनमा ७२ वटा कोरोनाको केस दर्ज भएको छ। तिमध्ये एक स्थानीय र अन्य सबै आयातित केस रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ६४ जनाको उपचार भइरहेको छ। आज थप ४ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

फाइल फोटो




Comments

comments

45776