डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते..

धनगढीबाट बाजुरा जाँदै गरेको ना७ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन्।

घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष छन्।

बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए।

बसमा ५०/६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए।

रासस



Comments

comments

45761
%d bloggers like this: