हङकङ कोरोना न्युज अपडेट- हङकङमा आज ९ इम्पोर्टेट केस थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १५ अक्टोबर । सेन्टर फर हेल्थ प्रोटेक्शनले शुक्रवार हङकङमा ९ आयातित केस थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,२८६ पुगेको छ।

प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस भने आज पनि शून्य नै रहेको छ।

आयातित केसहरुमा रूस, फिलिपिन्स, इजिप्ट, भारत, क्यानडा र माल्दिभ्सबाट आएका सामेल छन्।

यसैबीच, एयर क्यानाडाद्वारा संचालित उडान (AC007) लाई १६ देखि २९ अक्टोबरसम्म दुई हप्ताको लागि हङकङमा प्रतिबन्ध लगाएको छ।

पछिल्लो १४ दिनमा ५९ वटा कोरोनाको केस दर्ज भएको छ। तिमध्ये एक स्थानीय र अन्य सबै आयातित केस रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ४८ जनाको उपचार भइरहेको छ। आज थप ८ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

👉 हाम्रो नयाँ भिडियो ब्लग आएको छ। हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।

फाइल फोटो




Comments

comments

45844