हङकङ कोरोना न्युज अपडेट- हङकङमा ५ इम्पोर्टेट केस थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १० नोभेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले बुधवार हङकङमा ५ आयातित केस थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,३७५ पुगेको छ।

प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस भने आज पनि शून्य नै रहेको छ।

आयातित संक्रमित केसहरुमा ३ जना पुरुष र २ जना महिला सामेल छन्। २ जना क्याथे प्यासिफिक कार्गो प्लेनका पाइलटसहित ३ जना क्याबिन क्रू सदस्य रहेका छन्। दुईमध्ये एक फिलिपिनो घरेलुसहयोगी र एक जना रोमबाट आएकी १५ वर्षीया किशोरी रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ८५ जनाको उपचार भइरहेको छ। थप १ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

👉 हाम्रो नयाँ भिडियो ब्लग आएको छ हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

46532