हङकङ कोरोना न्युज अपडेट- हङकङमा ६ इम्पोर्टेट केस थपिए..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १५ नोभेम्बर । सेन्टर फर हेल्थ प्रोटेक्शनले सोमवार हङकङमा ६ आयातित केस थपिएको जनाएको छ।

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,३८८ पुगेको छ।

प्रोटेक्शनका अनुसार स्थानीय कोरोना केस भने आज पनि शून्य नै रहेको छ।

आयातित नयाँ केसमा दुई जर्मनीबाट, एक दक्षिण अफ्रिकाबाट, एक फिलिपिन्सबाट र दुई पाकिस्तानबाट आएका सामेल छ। पाँचवटा केसमा म्युटन्ट स्ट्रेन्स समावेश छ भने बाँकी परीक्षणको नतिजा विचाराधीन छ।

पछिल्लो १४ दिनमा ३५ वटा कोरोनाको केस दर्ज भएको छ। ति सबै आयातित केस रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ४१ जनाको उपचार भइरहेको छ। १ जना अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

👉 हाम्रो नयाँ भिडियो ब्लग आएको छ हेर्नुहोस् है.. यहाँ क्लिक गर्नुहोस् भिडियो हेर्न।





Comments

comments

46644