Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
सुपर टाइफून ‘राई’ हङकङमा प्रवेश गर्यो, तर कमजोर भएर… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

सुपर टाइफून ‘राई’ हङकङमा प्रवेश गर्यो, तर कमजोर भएर…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २० डिसेम्बर । सुपर टाइफून ‘राई’ हङकङमा सोमवार विहान प्रवेश गरेको सूचना हङकङ अब्जर्भेटरीले जारी गरेको छ।

फिलिपिन्समा सुपर टाइफून ‘राई’ले मच्याएको वितण्डा

हङकङ अब्जर्भेटरी अनुसार उष्णकटिबंधीय चक्रवात सिग्नल नम्बर १ विहान ११ः२० मा प्रवेश गरेको हो।

फिलिपिन्समा दर्जनौंको ज्यान लिएको समुद्री आँधी सुपर टाइफून ‘राई’ हङकङसम्म आइपुग्दा कम्जोर देखिएको छ।

सुपर टाइफून ‘राई’ कमजोर भएर गए पनि हावा अझै बलियो छ। सुपर टाइफून राई दक्षिण चीन सागरको उत्तरी भाग हुँदै आज र भोलि कमजोर हुँदै जानेछ।

हङकङमा जाडोको समयमा यस्ता टाइफून ज्यादै कम मात्रामा आउने गर्छ। सन् १९६१ सालपछि यस प्रकारको टाइफून आएको यो चौंथो पटक हो।

उष्णकटिबंधीय चक्रवात चेतावनीको रेकर्ड तोड्दै राई इतिहासकै डिसेम्बर महिनाको दोस्रो आँधी बनेको छ।

हङकङ अब्जर्भेटरीका कार्यवाहक वरिष्ठ वैज्ञानिक निर्देशक येउङ क्वोक चुङले सन् १९४६ को युद्धपछि डिसेम्बरमा उष्णकटिबंधीय चक्रवातको चेतावनी जारी गरेको यो पहिलो पटक भएको बताए।





Comments

comments

47337