हङकङमा २ नेपाली महिला पक्राउ..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २२ डिसेम्बर । गएराति हङकङमा दुई जना नेपाली महिलाहरु पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा ३६ र ४१ वर्षीया दुई नेपाली महिला रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रतीकात्मक फोटो

नक्कली हङकङ आईडी (परिचयपत्र) प्रयोग गरेका आशंकामा उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ।

समाचारका अनुसार गए राति करीब १२ बजे दुई नेपाली महिला चिम शा चुईको सालिसबरी रोडस्थित एउटा होटेलमा चेक इन गर्न आइपुगेका थिए। त्यसबेला उनीहरू दुबैले ठ्याक्कै एउटै नम्बर भएको आईडी कार्ड प्रयोग गरेको भेट्टिए।

सो क्रममा होटलका फ्रन्ट डेस्कका कर्मचारीले नक्कली परिचयपत्र प्रयोग गरेको शंका लागेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरी अधिकारीहरुले प्रारम्भिक अनुसन्धानपछि अर्कैको परिचयपत्र प्रयोग गरेको आशंकामा ३६ वर्षीया नेपाली महिलालाई पक्राउ गरिएको छ। त्यस्तै, झुटो कागजात प्रयोग गरेको आरोपमा ४१ वर्षीया नेपाली महिलालाई पक्राउ गरिएको छ।

उनीहरुलाई पक्राउ गरेर अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जनाइएको छ। समाचारमा उनीहरुको नाम र थर खुलाइएको छैन।





Comments

comments

47377