हङकङमा थपिए एकै दिन २९ सङ्क्रमित, ताई वाइको ग्रानभिल गार्डेनमा लक डाउन….

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ३ जनवरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले सोमवार कोविड १९ को नयाँ २९ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ। जसमध्ये एउटा फेस्टिवल वाकको मुन प्यालेस रेस्टुरेण्टसँग सम्बन्धित रहेको छ।

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,७२२ पुगेको छ।

नयाँ केसहरूमध्ये २८ आयातित छन् र एक ३८ वर्षीया महिला समावेश छन्। जसको पतिलाई यसअघि कोरोना पोजेटिभ पुष्टि भएको थियो। दम्पतीले डिसेम्बर २७ तारिखका दिन मुन प्यालेसमा खाना खाएका थिए।

सेन्टरले प्रारम्भिक रूपमा कोविड पुष्टि भएको एक मामिलाको पनि अनुसन्धान गरिरहेको छ। जसमा एकै दिन सोही रेस्टुरेण्टमा गएकी ६६ वर्षीया महिला सामेल छिन्।

सरकारले उनी बसेको टावर २, ताई वाइको ग्रानभिल गार्डेनमा लक डाउन गरी भाइरस परीक्षणको घोषणा गरिएको छ। त्यहाँका मानिसहरूलाई राति १ बजेअघि अनिवार्य परीक्षण गराउनु पर्ने जनाएको छ।

आज कुल ४० प्रारम्भिक केसहरू रेकर्ड गरिएको छ। ३ एयरलाइन्सलाई हङकङमा दुई हप्तासम्म अवतरण गर्न प्रतिबन्ध लगाइएको छ।





Comments

comments

47600