Warning: define(): Argument #3 ($case_insensitive) is ignored since declaration of case-insensitive constants is no longer supported in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 10

Warning: Undefined array key "wpct_buffer" in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/wp-clone-template/main.php on line 107
हङकङमा थपिए एकै दिन ३९ सङ्क्रमित, कजवे बे र ट्युन मुनमा लक डाउन… – HKNepal.com – हङकङबाट सञ्चालित पहिलो नेपाली अनलाईन पत्रिका

हङकङमा थपिए एकै दिन ३९ सङ्क्रमित, कजवे बे र ट्युन मुनमा लक डाउन…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ४ जनवरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार कोविड १९ को नयाँ ३९ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

यससंगै हङकङमा कोरोनाबाट सङ्क्रमित भएका कुल संख्या १२,७६१ पुगेको छ।

नयाँ केसहरूमध्ये ३६ आयातित छन् भने बाँकी तीन आयातित केससँग जोडिएका छन्।

३४ केसमा म्युटन्ट स्ट्रेन्स देखिएको छ भने बाँकी पाँचवटा केसको परीक्षणको नतिजा आउन बाँकी रहेको जनाइएको छ।

संक्रमितमा १३ देखि ६६ वर्ष उमेर समूहका १६ पुरुष र २३ महिला सामेल छन्। हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको अस्थायी नमूना सङ्कलन केन्द्रमा बत्तीस जनामा र क्वारेन्टिनको समयमा चार जनामा परीक्षणको क्रममा पोजेटिभ देखिएको जनाइएको छ।

माथि उल्लेखित केसहरूसँगै हङकङमा ओमिक्रोनसँग सम्बन्धित केसहरूको संख्या ११४ पुगेको छ।

यसैबीच, ट्युन मुनको Tsui Ning Garden को ब्लक २ मा लकडाउन गरिएको छ। त्यहाँ बस्ने ४२ वर्षीय सर्वेयरमा ओमिक्रोन प्रकोप देखिएपछि लकडाउन गरी भाइरस परीक्षण गरिन थालिएको हो।

त्यस्तै, कजवे टावर, १६-२२ कोजवे रोड र चेस्टरफील्ड मेन्सन ११ किङ्स्टन स्ट्रीट, कजवे बे परिसरमा बस्नेलाई अनिवार्य भाइरस परीक्षण गराउंनु पर्ने जनाइएको छ।





Comments

comments

47614