किन्डरगार्टनका विद्यार्थीलाई कोरोना, शिक्षक र विद्यार्थीहरूलाई २१ दिनको क्वारेन्टिन..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ७ जनवरी । एक विद्यार्थीमा कोरोनाभाइरस पोजेटिभ देखिएपछि शुक्रबार ट्युन मुनस्थित एक किन्डरगार्टनका शिक्षक र विद्यार्थीहरूलाई क्वारेन्टिनमा राखिएको छ।

Shun Tak Fraternal Association Tuen Mun Leung Lee Sau Yu Kindergarten ले K2A कक्षामा अध्ययनरत एक छात्रा कोरोनाभाइरस संक्रमित भएको बताएको छ। उनका सबै सहपाठी र शिक्षकहरूले २१ दिनको क्वारेन्टिनमा बस्नुपर्ने किन्डरगार्टनले जनाएको छ।

स्रोतका अनुसार ती विद्यार्थी ४२ वर्षीय पुरुष सर्वेक्षककी छोरी हुन् जसलाई बुधबार कोभिड–१९ पुष्टि भएको थियो।

किन्डरगार्टनले आज अर्को सूचना नआएसम्मका लागि कक्षाहरु स्थगित गर्ने जनाएको छ।



Comments

comments

47668
%d bloggers like this: