हङकङमा थपिए २१ सङ्क्रमित, नर्थ पोइन्टमा लकडाउन…

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, ११ जनवरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले मंगलवार कोभिड-१९ को नयाँ २१ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

संक्रमित केसहरूमध्ये १३ आयातित र ८ आयातित केससंग सम्बन्धित छन्। आज संक्रमण पुष्टि भएकामध्ये २० जना केसमा N501Y र T478K भेरियन्ट भाइरस देखिएको छ। उनीहरु ओमिक्रोन भेरियन्ट भाइरसबाट संक्रमित भएको आशंका गरिएको छ।

यससंगै, हङकङमा हालसम्म १२ हजार ९८० जनामा संक्रमण देखिएको छ। आज करिब २० वटा प्रारम्भिक केसहरू दर्ज भएका छन्।

हङकङमा कोरोना सङ्क्रमित ४ सय ६ जनाको उपचार भइरहेको छ। थप १६ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

नर्थ पोइन्टमा लकडाउन

एक बासिन्दामा कोभिड-१९ को प्रारम्भिक परीक्षणमा पोजेटिभ देखिएकोले नर्थ पोइन्टको निम्न स्थानमा लकडाउन गरिएको छ।

Maple Gardens Phase III, 51 Kin Wah Street, North Point

सरकारले लकडाउन गरी उक्त ठाउंमा बसोबास गर्नेहरुलाई अनिवार्य भाइरस परीक्षण गराउंन आग्रह गरेको छ।

त्यसैगरी, सम्बन्धित स्थानमा पुगेका व्यक्तिहरूलाई समेत अनिवार्य परीक्षण गराउंन आग्रह गरिएको छ।

….





Comments

comments

47770