हङकङमा थपिए १६ सङ्क्रमित, क्वाई चुङ, क्वुन टोङ र शाम शुई पोमा लक डाउन

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, १९ जनवरी । सेन्टर फर हेल्थ प्रोटेक्शनले बुधवार कोभिड-१९ को नयाँ १६ केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

संक्रमित केसहरूमध्ये ९ आयातित र ७ स्थानीयसंग सम्बन्धित रहेका छन्। यससंगै, हङकङमा हालसम्म १३ हजार ८२ जनामा संक्रमण देखिएको छ।
यसैबीच, आज कम्तिमा १० प्रारम्भिक केसहरू रिपोर्ट गरिएको छ।

१२ केसहरू ओमिक्रोन भेरियन्ट क्यारियरहरू रहेका छन्। जबकि तिनीहरूमध्ये एउटा डेल्टा भेरियन्ट क्यारियर भएको आशंका गरिएको छ जुन लिटिल बोस क्लस्टरसँग जोडिएको छ। कूल ५ स्थानीय केसहरू पहिलेका केसहरूसँग जोडिएका छन्।

लिटल बोसमा काम गर्ने महिला कर्मचारीपछि ह्याम्स्टर किन्न आएकी महिला ग्राहक डेल्टा भेरियन्टबाट संक्रमित भएको पुष्टि भएको भोलि पल्ट उनका ७३ वर्षीय श्रीमानमा पनि आज पोजेटिभ देखिएको छ।

नयाँ स्थानीय केसहरूमा तुङ मुन हाउस, ताई ह्याङ तुङ इस्टेट शाम शुई पो मा बस्ने ४२ वर्षीया महिला र उनको ३ वर्षको बच्चा रहेका छन्।

अर्को केस मेई फूको डेलिया मेमोरियल स्कूलमा अध्ययनरत १६ वर्षीय विद्यार्थी रहेका छन्। उनी गत जनवरी १४ तारिख अरु विद्यार्थीहरुसंग एउटै परीक्षा कोठामा बसेर परीक्षा दिएका थिए। त्यहाँका ३० शिक्षक र विद्यार्थीहरूलाई क्वारेन्टिनमा पठाइने भएको छ। १६ वर्षीय विद्यार्थी ४२ वर्षीया पाकिस्तानी महिलाका छोरा हुन्। उनीहरु क्यारिबियन कोस्ट फेज १ मोन्टेरी कोभमा बासिन्दा हुन्।

अर्को केस यसअघि पाकिस्तानबाट फर्किएकी ४२ वर्षीया महिलाकी ३ वर्षीया छोरी रहेकी छन् । उनीहरू तुङ मुन हाउसमा बस्छन् र उनी यसअघि सिल्का सीभ्यू होटलमा क्वारेन्टीनमा बसेकी थिइन्।

अज्ञात स्रोतबाट संक्रमित दुई स्थानीय केसहरु छन्। पहिलोमा २६ वर्षीया महिला किन्डरगार्टन शिक्षिका रहेकी छन्। उनीसँग खाना खाने उनको २८ वर्षीय पुरुष साथी पनि प्रारम्भिक परीक्षणमा पोजेटिभ देखिएको बताइएको छ। उनी K11 MUSEA को ५ औं तलामा क्लर्कको रुपमा कार्यरत छन्।

त्यस्तै दोस्रो केस याट क्वाई हाउस क्वाई चुंग एस्टेटमा बस्ने ७९ वर्षीय पुरुष रहेका छन्।

हङकङमा कोरोना सङ्क्रमित ३ सय ४२ जनाको उपचार भइरहेको छ। थप ११ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

क्वाई चुङ, क्वुन टोङ र शाम शुई पोमा लक डाउन

निम्न भवनहरुमा बसोबास गर्नेहरुलाई अनिवार्य भाइरस परीक्षण गराउंन सरकारले आग्रह गरेको छ।

  • Tower 3 Grand Central Kwun Tong
  • Fu Yuet House Fu Cheong Estate in Sham Shui Po
  • Yat Kwai House, Kwai Chung Estate
    .

….

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

47953