प्रधानसेनापतिविरुद्ध उपरथी कार्कीको उजुरी, सैन्यवृत्तमा हलचल

वरिष्ठताका आधारमा आफू अगाडि भए पनि पदावधि थपको सिफारिसमा नपरेको भन्दै नेपाली सेनाका उपरथी अनन्त कार्कीले असन्तुष्टि जाहेर गर्दै प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन्।

‘चेन अफ कमान्ड’मा रहने फौजी संगठनमा संगठन प्रमुखविरुद्ध राजनीतिक नेतृत्वलाई गुहार्ने घटना कमै हुने भए पनि मुलुकको राष्ट्रिय सेना नेपाली सेनाकै नेतृत्वविरुद्ध यस्तो उजुरी परेको हो।

उपरथीको पहिलो नम्बरमा रहेका कार्कीले प्रधानसेनापति शर्माविरुद्ध रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै उजुरी दिएका हुन् । बढुवा र पदावधि थपका विषयमा सैनिक अधिकारीले प्रायः रक्षा मन्त्रालयमा उजुरी दिने गरेको भए पनि उपरथी कार्कीले प्रधानमन्त्रीको सचिवालयमा उजुरी दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवासँगको पुरानो सम्बन्धका कारण उपरथी कार्कीले प्रधान सेनापतिको सिफारिसविरुद्ध उजुरी दिएका हुन् । शेरबहादुर देउवा विगतमा प्रधानमन्त्री हुँदा उनी केही वर्षअघि एडीसी थिए । त्यही आधारमा उनले प्रधानमन्त्री कार्यालयमा उजुरी दिएको हुन सक्ने स्रोतको दाबी छ । आजको राजधानी दैनिकमा समाचार छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

47962