हङकङमा एक सातासम्म चिसो बढ़ने..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २९ जनवरी । हङकङको मौसमसम्बन्धी जानकारी दिने निकाय हङकङ ओभ्जरभेटरीले भोलि आइतवारदेखि मौसम चिसो हुने जनाएको छ।

चिनियाँ नयाँ वर्षको पूर्वसन्ध्या र चिनियाँ नयाँ वर्षको बिदामा हल्का वर्षा र हावाहुरीका साथ तुलनात्मक रूपमा मौसम चिसो रहने सूचना हङकङ ओभ्जरभेटरीले जारी गरेको छ।

भोलि बिहान तापक्रम १२ डिग्री सेल्सियसमा झर्नेछ।

चिसो मौसम नजिकिएसँगै समाज कल्याण विभागले वृद्धवृद्धालाई चिसो मौसममा सावधानी अपनाउन स्मरण गराएको छ।

आफन्तहरू, साथीहरू र छिमेकीहरूलाई कमजोर वृद्ध व्यक्तिहरू, विशेष गरी एक्लै बस्नेहरूको स्वास्थ्यको लागि चिन्ता र हेरचाह गर्न आग्रह गरिएको छ। आवश्यक परेमा सहायताको लागि 2343 2255 मा हटलाइनमा कल गर्न सक्ने जनाइएको छ। फेसबूक





Comments

comments

48193