नेपालबाट हङकङ आएका थप २५ भन्दा बढीमा देखियो कोरोना..

न्युज डेस्क / एचकेनेपाल डट कम –

हङकङ, २९ जनवरी । गत २५ जनवरीमा नेपालबाट हङकङ आएका थप २५ भन्दा बढी यात्रुमा कोरोना पोजेटिभ देखिएको छ।

यसअघि, नेपाल वायुसेवा निगमको उडान RA409 बाट सोही मितिमा हङकङ आएका ३४ जना यात्रुमा कोरोना पोजेटिभ देखिएपछि निगमको उडान RA409 लाई हङकङमा प्रतिबन्ध लगाई सकेको छ।

सेन्टर फर हेल्थ प्रोटेक्शनले शनिवार कोभिड-१९ को नयाँ १२० केसहरुको अनुसन्धान गरिरहेको जनाएको छ।

सेन्टरका अनुसार ३४ केस आयातित रहेका छन्। तिमध्ये २५ भन्दा बढी गत २५ जनवरीमा नेपालबाट हङकङ आएका यात्रुहरु समावेश छन्। उनीहरु विमानभित्रै संक्रमित भएको अनुमान गरिएको छ।

८६ केस स्थानीयसंग सम्बन्धित छन् भने ११ जनाको संक्रमणको स्रोत खुल्न सकेको छैन। बाँकी ७५ अघिल्लो स्थानीय केसहरूसँग जोडिएका छन्।

सेन्टर फर हेल्थ प्रोटेक्शनका डा. चुआङ शुक-क्वानले आज पनि झण्डै ७० प्रारम्भिक केसहरू रेकर्ड भएको बताएकी छन्। उनले ८ केसमा ओमिक्रोन भेरियन्टको सम्भावना रहेको बताएकी छन्।

क्वाई चुङ एस्टेटमा संक्रमणको संख्या ४१६ पुगेको छ। याट क्वाई हाउसमा थप ११ जनामा संक्रमण देखिएको छ भने यिङ क्वाई हाउसमा पाँच जना रिपोर्ट गरिएको छ। ङ क्वाई हाउसमा थप दुई र हा क्वाई हाउसमा थप एक केस फेला परेको जनाएको छ।

हङकङमा हालसम्म १३ हजार ९ सय ५ जनामा संक्रमण देखिएको छ। कोरोना सङ्क्रमित ८ सय ८ जनाको उपचार भइरहेको छ। थप १ सय ४६ जना स्वास्थ्यलाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना सङ्क्रणबाट हङकङमा २१३ जनाले ज्यान गुमाएका छन्।

लकडाउन र परीक्षण
Fu Wing House and Fu Wah House, Tai Wo Hau Estate, Kwai Chung





Comments

comments

48198